हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

सामाजिक कार्यमा जुट्दै धनुषा एकता परिबार

हल्दिबारी हल्दीबारी गाउँपालिका वडा नम्बर ५ मा सामाजिक तथा धार्मिक ब्यक्तित्व बलराम गिरीकाे अगुवाईमा गत वर्ष दर्ता भएकाे यस संस्थाले स्थापनाकाे छाेटाे अबधिमानै समाजकाे सुधारात्क परिवर्तन ,बिभिन्न अभियान , बिधालय भाैतिक तथा शैक्षिक गुणस्तर सुधार, सामाजिक सरसहयाेग तथा धार्मिक क्षेत्रमा समेत जुट्दै अाएकाे छ। संस्थाका अध्यक्ष बलराम गिरी भन्छन् ” समाजकाे भाैतिक पूर्वाधार निमार्ण , शैक्षिक गुणस्तर सुधार ,धार्मिक क्षेत्रमा सहयाेग , अतिबिपन्न तथा गरिब दुखिकाे सेवा र सहयाेगमा संस्था लागेकाे बताए ।

Advertisement

“सामाजिक कार्य सबैलाई जाेड्ने मालाकाे रूपमा संस्था भएको छ। ” एक वर्षमा संस्थाले हल्दिबारी ५ कि मुटुराेगी शुक्रमाया काम्बाङ बचाउ अभियान सञ्चालन गरी ५ लाख, १८ हजार नगद संकलनगरी सहयोग गरेकाे , धनुषा अा बिकाे शैक्षिक गुणस्तर सुधारका निमित्त बिधालय अनुगमन गर्ने तथा अावश्ययक बजेट तथा अावश्यक सर सहयाेग जुटाउन सम्बन्धित निकाय पहल कदमी गरिरहेकाे , जनचेतना मुलक कार्यक्रमहरू डेङ्गाे राेग राेकथाम तथा नियन्त्रण, बाटाेमा पशुचाैपाय खुल्ला छाेड्न तथा बाध्न निषेध गर्ने अभियान, उल्टो काडा भएको मिचाहा प्रजातीको झार मानव जीवन तथा पशुहरुको निम्ति खतरनाक रहेको हुदा यस्को उन्मुलन तथा नियन्त्रण जस्ता अभियान पटकपटक गरिरहेकाे छ, बिभिन्न धार्मिक पुराण, धार्मिक मठ मन्दिर कार्यक्रमहरूमा अार्थिक सहयाेग गर्दै अाएकाे छ हाल सञ्चालन हुदै गरेकाे सनातन धर्म सेवा समिति किरातेश्वर शिव मन्दिर तथा गुरूकुललाई समेत संस्थाले ११,७३० नगद र धान २० मन सहयाेग गरेकाे छ, ५२ घर धुरी समेटिएको संस्थाले संस्थाका सदस्य परिबार भित्र मरिमराउकाे घटनाहुदा नगद सहयाेग तथा समवेदना दिने कार्य गर्ने गरेकाे छ।

Advertisement

साथै बिकाश निर्माणमा अनुगमन , खबरदारी तथा याेजना माग र त्यस्तो कार्यान्वयनमा समेत लागि परेकाे छ संस्थाका अध्यक्ष गिरीले जानकारी दिए। थप उनी भन्छन् । समाजमा हुने बिकृती र बिसङती समेत लाई न्यूनीकरण गर्ने प्रयास गर्दै आएको छ गिरि भन्छ्न आफ्नो र ब्यक्तिगत स्वार्थको निम्ति जे सुकै गर्ने त प्रसस्तै हुन्छन सेवा को , अरुको , समाजको तथा सावजनिक काम गर्ने बिरलै हुन्छ्न म चै अलिक फरक स्वभावको छु परिवर्तन गर्नु छ भने सुरुवात आफैबाट हुनु पर्छ भन्ने तत्थ्य लाई समाजमा उजागर गर्न चाहान्छु। समाजमा हामिले नगेरे कस्ले गर्ने अहिले नगरे कहिले गर्ने भन्ने जस्ता प्रेणा मुलक शुत्रमा धनुषा एकता परिवार लाई बाध्न चाहानु हुन्छ गिरि हल्दिबारी ५ धनुषा साचिकै बिगतको तुलानामा परिवर्तनको मुलधारमा प्रबेश गरेको अनुभूति हुन थालेको कुरा स्थानियको भनाइ छ। यसमा गिरीको प्रमुख भुमिका र सहयोग तथा योगदान धनुषा बासिको रहेको बताएका छन्।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)