हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

हर्क साम्पाङले चलाए डोजर, स्थानीयबासी र सुरक्षाकर्मीबिच झडप

धरान । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले धरानमा डोजर चलाएका छन् । आइतबार धरान ५ स्थित देउरालीमा सार्वजनिक जग्गा खोला अतिक्रमण गरी घर बनाएपछि उपमहानगरले डोजर चलाए लगत्तै स्थानिय प्रतिकारमा उत्रिएका छन् ।

Advertisement

सार्वजनिक जग्गा खोला अतिक्रमण गरी घर निर्माण गरेको भन्दै धरान उपमहानगरपालिकाले आइतबार बिहान मुना चौधरी लिम्बूले बनाएको घर भत्काउन खोजेपछि सुरक्षाकर्मी र स्थानीयबिच झडप भएको हो ।

Advertisement

नगरप्रमुख हर्क साम्पाङका अनुसार सार्वजनिक जग्गामा एक तले पक्की घर निर्माण गरिएपछि ठूलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरी अतिक्रमित जग्गा खाली गराउन खोजेको हो । पटकपटक पत्राचार समेत गर्दा अटेर गरी घर निर्माण गरेको घरलाई नहटाइएको धरान उपमहानगरपालिकाले जनाएको छ ।

स्थानीयको विरोधका कारण धरान उपमहानगरपालिका घर नभत्काई फर्किन बाध्य बनेको हो । खोला किनार र सार्वजनिक जग्गामा नया घर निर्माण गर्ने कार्यलाई निरुत्साहित गर्न उपमहानगरले अभियान चलाएको बताउँदै आएको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)