समाचार
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

शिवसतासीको झिलझिलेको वाटर किङ्गडम पार्कमा फागुन १ बाट महोत्सव हुने

भद्रपुर । झापाको शिवसताक्षी ८ स्थित झिलझिलेमा रहेको वाटर किङ्गडम पार्कमा यही फागुन १ गतेदेखि ५ गतेसम्म जातीय संस्कृतिको जर्गेनाका लागि संस्कृति उत्थान महोत्सव गर्ने भएको छ ।

नेपभल भारतका पर्यटकको रोजाइमा रहेको प्रदेश १ कै सवैभन्दा ठूलो वाटर रिर्सोटको पहिचान बनाएको पर्कले विद्यालय स्तरका बालबालिका लक्षित गरेर विविध नेपाली जातीय पहिचान सहिचान सहित साँस्कृतिक गतिविधि गर्ने गरी महोत्सवको आयोजना गरेको हो । पार्कका सञ्चालक राजकुमार संग्रौलाका अनुसार विहान १०.०० वजेबाट बेलुका ७.०० सम्म हरेक दिन चल्ने महोत्सवमा प्रत्येक दिन ३ वटा जातीय परिकार सहित साँस्कृतिक गतिविधि समेत सञ्चालन हुने छन् ।

महोतसवको उद्घाटन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गर्ने तयारी तरहेको संग्रौलाको भनाइ छ । कार्यक्रम आयोजक समितिकी संयोजक मेनुका संग्रौलाका अनुसार महोत्सवभरी पार्कमा प्रवेश शुल्क लाग्ने छैन भने हरेक दिन नयाँ नयाँ जातीय पहिचान झल्कने गतिविधि अवलोकनको वातावरण दर्शकका लागि आकर्षण रहने छन् । पार्क सञ्चालक सदस्य समीर संग्रौलाका अनुसार पछिल्लो पुस्तामा नेपाली जातीय पहिचान र साँस्कृतिक मोहमा घट्दो प्रभाव बढाउन महोत्सवको मूल उद्देश्य राखिएको छ ।

जसमा नेपाल आदिवासी जनजाति महासंघको समेत सहभागिता रहने संग्रौलाले जनाएका छन् । महोत्सवमा आदिवासी जनजातिको परम्परागत हातहतियार, भेषभुषा, बाजागाजा, भाषा लिपि जनाउने बस्तुहरू महोत्सवभरी रहने छन् भने हरेक दिन फरक फरक जातिका नृत्यहरू आकर्षणका रूपमा रहने कार्यक्रमकै अवसरमा नेपालकै दोश्रो ठूलो राष्ट्रिय झण्डा फहराइने आयोजकको भनाइ छ ।

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)