धनुषा – उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गर्दै धनुषाको जनकपुरधाममा राजीनामा माग गर्दै प्रदर्शन गरिएको छ । भारत गएका दुई जना युवाको अपहरणपछि ह त्या भएपछि सोमबार बिहान मृतकका आफन्त तथा स्थानीयले गृहमन्त्री लामिछानेको राजीनामा माग गर्दै प्रदर्शन गरेका हुन् ।
ह त्या भएका दुबै जना एकै परिवारका रहेका छन् । १४ दिन अगाडिदेखि सम्पर्कविहीन भएका जनकपुरधाम उपमहानगरपालिका वडा नं ८ का २१ वर्षका रोहित साह र वडा नं. १३ निवासी वर्ष २२ का विष्णु साहको अपहरणपति भारतमा ह त्या भएको थियो ।
रोहित विष्णुलाई लिएर भारतको सीतामढी जिल्लाको बेला परिहार बस्ने आफ्नो नातेदारको घर गएका बेलामा अप हरणकारीले अपह रण गरी परिवारसँग फिरौतीको माग गरेका थिए । तर परिवारले फिरौतीको रकम बढाउँदै गएपछि प्रहरीलाई खबर गरेपछि भारतीय सीमा गाउँमा उनीहरु दुवैको ह त्या भएको थियो ।
अहिले मृतकका परिवारजन र स्थानीयले आइतबार जनकपुरधाम उपमहानगरपालिका(९ पिडारी चोकमा प्रदर्शन गरी चक्काजाम गरेका हुन्।विरोध प्रदर्शनमा उनीहरुले मृतकलाई न्याय दे, गृहमन्त्री राजिनामा दे जस्ता नारा लगाएका थिए ।