हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

भुकम्प जाँदा खसेको ढुंगा लागेर जमुनाको मृत्यु

धनगढी । बाजुरामा मंगलबार दिउँसो गएको भूकम्पमा परेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गौमुल गाउँपालिका-२ को जुरेलीकी जमुना रोकाया रहेकी छन् । उनको जंगलमा घाँस काट्ने बेला गएको भूकम्पसँगै माथिबाट खसेको ढुंगाले लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

Advertisement

प्रहरीका अनुसार प्रहरी निरीक्षकको टोली उद्दारका लागि घटनास्थलमा चरिचालन गरिएको छ । मंगलबार दिउँसो २ बजेर ४३ मिनेटमा बाजुराको हिमाली गाउँपालिका र हुम्लाको ताजाकोट गाउँपालिकाको सीमा क्षेत्रमा पर्ने मैला केन्द्रबिन्दु बनाएर ५.९ म्याग्निच्यूडको भूकम्प गएको थियो ।

Advertisement

कृषि ज्ञान केन्द्रको लगायत दर्जन बढी आवासीय घरमा भूकम्पले क्षति पुर्‍याएको छ । केही घर भत्किएका छन्, भने केही घर चर्किएका छन् ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)