हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

हल्दीबारी गाउँपालिकाले धर्मगुरु लिङ्देनको शालिक बनाउने

हल्दीबारी गाउँपालिकाको तेह्रौ गाउँ सभाले आर्थिक बर्ष २०७९/८० को बजेट रकमान्तर तथा कार्यक्रम संसोधन गरेर राष्ट्रिय विभूति तथा समाज सुधारक महागुरु फाल्गुनन्द लिङ्देनको शालिक निमार्ण गर्न तीन लाख पचास हजार रुपैयाँ बजेट छुट्याइएको छ ।

Advertisement

हल्दिबारी–३ स्थित स्वर्गद्वारी शिव पाञ्चायन मन्दिरको प्राङ्गणमा शालिक बन्ने भएको छ । हल्दीवारी गाउँपालिकामा यस अघिसम्ममा ७ वटा स्तम्भ निर्माण भइसकेका छन् । त्यस मध्ये वडा नं २ मा मात्र ४ वटा स्तम्भ बनिसकेको छ ।

Advertisement

वडा नं २ को पारोखोपीमा परेवाको स्तम्भ, हल्दीवारी चोकमा बेसारको बोटको स्तम्भ, बेलागरा चोकमा अस्ताउन लागेको घामको स्तम्भ, भेलागुरीमा गाईको स्तम्भ निर्माण गरिएको छ ।

त्यस्तै वडा नं १ मा माछा र च्याब्रुङको गरी दुईवटा स्तम्भ बनाइएको छ । त्यस्तै वडा नं ३ मा बाघ र हात्तीकोको स्तम्भ निर्माण गरिएको छ । ती स्तम्भहरूमा लाखौं बजेट खर्च भएको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)