हल्दिवारी , हल्दिवारी गाउँपालिकाले भोलि माघ १५ गते (आइतबार ) का दिन स्थानीय सार्वजनिक बिदा दिने भएको छ ।

स्थानीय आदिवासी संथाल जातिको धर्म सस्कृतिको जगेर्ना गर्न १ दिन सार्वजनिक बिदा दिन लागिएको गाउँ पालिका अध्यक्ष रवीन्द्र प्रसाद लिङ्गदेनले बताउनु भयो ।

संथाल समुदायको सोहराई पर्वको उपलक्ष्यमा हल्दिवारी गाउँपालिकाले बिदा दिने निर्णय गरेको हो ।
