समाचार
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

नेपाली नागरिकताको प्रमाणपत्र पुनःप्राप्तिका लागि आजबाट नै प्रक्रिया थाल्दै रवि, कार्यालय खुल्दासाथ काठमाडौं जिल्ला प्रशासन कार्यालय जाने

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका पूर्व अध्यक्ष तथा निवर्तमान उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले नेपाली नागरिकताको प्रमाणपत्र पुनःप्राप्तिका लागि आजबाट नै प्रक्रिया थाल्ने भएका छन् ।

लामिछाने आज कार्यालय खुल्दासाथ बबरमहलस्थित काठमाडौं जिल्ला प्रशासन कार्यालय जाने तयारी गरेका छन् । लामिछानेविरुद्ध सर्वोच्च अदालतले गत शुक्रबार अमेरिकी नागरिकता त्यागपछि प्रक्रिया नपुर्याएको भन्दै उनको नेपाली नागरिकता कायम नरहेको फैसला गरेसँगै उनी अनागरिक बन्न बाध्य भएका छन् ।

नागरिकताविहिन बनेसँगै उनको सांसद पद खारेज भएको छ । सांसद पदसँगै उनले उपप्रधान तथा गृहमन्त्री र पार्टी सभापतिको पद गुमाएको भएता पनि फेरी हुने उपनिर्वाचनमा भने उनले भाग लिन पाउनेछन् ।

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)