हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

रक्सीले मातेर गाडी चलाएका थापाले चेकिङमा बसेका प्रहरीको हात भाँचिदिए पछि

पोखरा -पोखरामा एक जना अटो मोबाइल व्यवसायी प्रहरीको हात भाँचिदिएको आरोपमा समातिएका छन् । समातिनेमा अटो व्यवसायी २५ वर्षिए सौरभ थापा रहेका छन् ।

Advertisement

रामबजार भारतीय पेन्सन क्याम्पअघि राती ३ बजे थापाले चलाएको गाडीको ठक्करबाट चेकिङमा बसेका प्रहरीको हात भाँचिएको बताइएको छ । उनले रक्सीले मातेर गाडी चलाएको प्रहरीले जनाएको छ ।

Advertisement

गाडीको ढोकाले लागेर प्रहरी हवल्दार चित्रबहादुर वलीको हातै भाँचिएको हो । पक्राउ परेका सौरभले बुबाको लगानीमा रहेका अटो मोबाइल व्यवसाय चलाइरहेका छन् ।

उनलाई बिहीबार पक्राउ गरी अभद्र मुद्दामा जिल्ला प्रशासन कार्यालयबाट ५ म्याद थप गरी अनुसन्धान भइरहेको छ । यस अघि पनि पुस २१ गते पनि मदिरा सेवन गरी गाडी चलाएका सौरभले पोखरा लेकसाइडमा अर्को गाडीलाई ठक्कर दिएर पक्राउ परेको भोली पल्टै छुटेका थिए ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)