हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

झापामा बिप्लवले दियो ३० दिने अल्टिमेटम घर जग्गा फिर्ता नगरे सडकमा घिसार्ने चेतावनी

झापा| बिप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टिले आज एक चेतावनी बिग्यप्ती जारी गर्दै महानन्द नेपालको घर जग्गा ३० दिन भित्र सुरु बोलकबोल अनुसार फिर्ता गर्न मिटरब्याजीहरुलाई चेतावनी दिएको छ ।

Advertisement

झापा शिवसताक्षी ११ दुधे निवासी नेपाल परिवार लाई तीन लाख दिएर दृस्टिबन्धक लिएको घरजग्गा खड्ग बहादुर काम्वाङ, माओवादी केन्द्रको नेता डम्बर पुलामी लगायतले विभिन्न ब्यक्तिको नाममा नामसारी गर्दै हडप्न थालेपछी नेपाल कम्युनिस्ट पार्टी बोलेको हो ।

Advertisement

सो पार्टिका झापा ईन्चार्ज प्रशान्त र सचिब संजयको नाममा जारी गरिएको बिग्यप्तिमा ३० दिन भित्र फिर्ता नगरे सडकमा ल्याएर जनकार्वाहि गर्ने भनिएको छ । साथै बिग्यप्तिमा झापामा मिटरब्याजी, बैंक तथा बित्तिय संस्थाले उधमी, ब्यवशायी र गरेर खानेलाई आतंकित बनाएको, चर्को ब्याज अशुलेको, तीन पुस्ते निकाल्ने धम्की दिएको, अपहरण गरेर, जबरजस्ती अशुली गरेको भन्दै एक अंकमा ब्याज घटाउन र सहज ढंगले व्यवहार मिलाउने वातावरण बनाउन सरोकारवाला हरुलाई खबरदारी गरेको छ । सो पार्टिले झापामा यस्ता ठगहरु बिरुद्ध आफ्नो पार्टी शसक्त रुपमा लड्ने र पिंडितहरु शसक्त प्रतिकार गर्न संघर्सको मैदानमा आउन अपिल समेत गरेको छ । सो पार्टिका जिल्ला सचिब संजयले आंफुहरु यस्ता तस्कर, गिरोह बिरुद्ध जस्तो पनि संघर्स गर्न तयार रहेको बताएका छन ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)