हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

मेरो मौनता आजसम्मका लागि मात्रै हो, लेख्न बाँकी केही भए लेखिहाल्नु होला , भनिहाल्नुहोला : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आँफु अभिमन्यु नभएको बताएका छन् । सभापति रविले सामाजिक सन्जालमो आफ्नो मेरो मौनता आजसम्मका लागि मात्रै भएको उल्लेख गरेका छन् । उनले आफूलाई भन्न बाँकी र लेख्न बाँकी केही भए ती कुरा गरिहाल्न सबैलाई भनेका छन् ।

Advertisement

रविले लेख्छन् ‘अब मलाई भन्न बाँकी, गर्न बाँकीm लेख्न बाँकी केही भए भनिहाल्नुहोला, गरिहाल्नु होला, लेखिहाल्नु होला । मेरो मौनता आजसम्मका लागि मात्रै हो ।’ नागरिकता विबादका कारण उपप्रधानसहित गृहमन्त्री र सांसद पद नै गुमाएका लामिछाने पछिल्ला दिनमा विबादित बन्दै गइरहेका बेला उनलाई पार्टी भित्रैबाट पनि अप्ठ्यारो परिस्थिती सिर्जना भएको बताइन्छ ।

Advertisement

यसैबिच उनले राजीनामा दिएको एकसाता बढी समय बितिसक्दा पनि मन्त्री क्वार्टर नछोडेको भन्दै आलोचना भइरहेको छ । पार्टी सभापतिले मन्त्री क्वार्टर अहिलेसम्म नछोड्नु दुःखद भएको भन्दै उनकै पार्टीभित्रबाट आलोचना सुरु भएको छ ।

पद गएकै दिन सरकारी गाडी चढ्न छाडे पनि रविले मन्त्री पद गएको हप्ता दिन पुग्न लाग्दासमेत मन्त्री क्वार्टर छाडेका छैनन् । उपप्रधानसहित गृहमन्त्रीबाट गत शुक्रवार राजीनामा दिएका लामिछानेले अहिलेसम्म मन्त्री क्वार्टरमा नै बस्दै आउका छन् ।

सर्वोच्चको निर्णयसँगै उपप्रधानसहित गृहमन्त्री र सांसद पद नै गुमाएका लामिछानेले भने मन्त्री क्वार्टर नछोडेर त्यहीँ बस्ने गरेका छन् । पार्टी सभापतिले मन्त्री क्वार्टर अहिलेसम्म नछोड्नु दुःखद भएको भन्दै उनकै पार्टीभित्रबाट आलोचना सुरु भएको छ ।

यसअघिका दलहरुलाई नयाँ संस्कार सिकाउन राजनीति थालेको भनेका रवि एकपछि अर्को गर्दै विबादमा फस्दै गएका बेला सरकारी निवासमा टाँसिएर बस्नुलाई धेरैले नराम्रो परिपाटीको संज्ञा दिएका छन् ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)