हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

जैसलमेरको सूर्यगढ दरबारमा बिहे गर्दै सिद्धार्थ र कियारा

एजेन्सी- बलिउड अभिनेता सिद्धार्थ मल्होत्रा र अभिनेत्री कियारा आडवाणी बिहेबन्भनमा बाधिदैछन् । लामो समय देखी बिहेका कारण चर्चा पाएको यो जोडीको अन्नत बिहेको मिती पनि सार्वजनिक भएको हो ।

Advertisement

नीहरूले ६ फेब्रुअरीमा विवाह गर्न लागेका हुन्। उनीहरूको विवाह जैसलमेरको सूर्यगढ दरबारमा हुनेछ। उनीहरूको विवाहमा शाहरूख खान, शाहिद कपूर, उनकी पत्नी मीरा राजपूत, करण जोहर, मनिष मल्होत्रा, वरुण धवनसहित १०० जना पाहुना सहभागी हुनेछन्।

Advertisement

उनीहरुको बिहेका लागी ९४ वटा कोठा बुक गरिएको बताइएको छ । भुमभामका साथ गरिने यो बिहेमा पाहुनाका लागि मर्सिडिज बेञ्ज, जगुअर, बिएमडब्ल्यू जस्ता ७० वटा कारको व्यवस्था गरिएको छ। लामो समय देखी प्रेम सम्बन्धमा रहेको यो जोडीले अन्तत बिहे गर्न लागेको हो । फिल्म ‘शेरशाह’ को छायांकन क्रममा उनीहरू बीच प्रेम सम्बन्धको सुरूआत भएको थियो।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)