हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

एनआरएनए सचिव खगेन्द्र न्यौपाने सोसियल अवार्डद्वारा सम्मानित

मलेसिया । विगत २ दशक देखी मलेसियामा बसी सामाजिक कार्य र व्यवसाय गर्दै आएका एनआरएनए सचिव एवं विकास हाइड्रोका अध्यक्ष खगेन्द्र न्यौपाने मलेसियाको क्वालालम्पुरमा चौथो सन्देश ईन्टरनेशनल सोसल अर्वाड कार्यक्रममा सम्मानित भएका छन् ।

Advertisement
एनआरएनए आइसिसी सचिव न्यौपानेलाई क्रीयटिभ मिडिया एन्ड ईभेन्ट म्यानेजमेन्ट प्रालिले उक्त विधामा विगत २ दशक देखी  सामाजिक तथा परोपकारी क्षेत्रमा पुर्‍याएको योगदानको कदर स्वरूप उक्त सम्मान गरेको जनाएको छ ।
उक्त कार्यक्रममा सम्मानित भएका न्यौपानेलाई कार्यक्रमका प्रमुख अतिथि मलेसियाका लागि नेपाली राजदूत डिल्लीराज पौडेलले यो अवार्ड प्रदान गरेका हुन । उक्त कार्यक्रममा मलेसियामा रहेका धेरै सङ्घ संस्थाहरूको प्रतिनिधित्व रहेको थियो भने नेपाल, युएई, कम्बोडियालगाएतका देशबाट समेत अतिथिहरूको उपस्थिति रहेको थियो ।

न्यौपानेले नेपालमा हाइड्रो, बैंकिंग, पर्यटन, रियल स्टेटलगायतका क्षेत्रमा र मलेसियामा सेक्युरिटी कम्पनी सञ्चालन गरेका छन् । न्यौपानेले ब्यावसायसँगै सामाजिक क्षेत्रमा योगदान पुर्याउदै र समस्या परेका नेपाली हरुलाई सकेको सेवा  गर्दै विगत धेरै वर्षदेखि  सामाजिक क्षेत्रमा योगदान पुर्‍याइरहेका छन् ।

Advertisement

सामाजिक क्षेत्रहरूमा न्यौपानेले गरेको योगदानको उच्च मूल्याङ्कन गदै न्यौपानेलाई यो सम्मान वितरण गरिएको आयोजक संस्थाले जनाएको छ । उक्त सम्मान पाएपछि खुसी व्यक्त गर्दै न्यौपानेले आफूले निस्वार्थ रूपमा गरेको सामाजिक कार्यको मूल्याङ्कन गरेकोमा आयोजकलाई धन्यवाद व्यक्त गर्दै यो अवार्डपछि अझै थप कार्य गर्ने उत्साह थपिएको र थप सामाजिक क्षेत्रमा क्रियाशील हुने बताए ।

उक्त सम्मान कार्यक्रममा चर्चित कलाकारहरू आनन्द कार्की, प्रीति आले, खेम सेन्चुरी, जेनिस उप्रेती, अञ्जली अधिकारी, प्रीति पासवान, मेश दुलाल कागे, भ्वाइस अफ किड्सको विजेता जेनिस उप्रेतीलगायतका कलाकारहरूको प्रस्तुतिका साथ मनोरञ्जनात्मक कार्यक्रम पनि आयोजना गरिएको थियो ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)