हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

सरकारबाट आफ्नो पार्टी बाहिरिँदै गर्दा रविले भने ‘उपचुनाव नजितेसम्म कुनै पद खान्न

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले उपनिर्वाचनसम्म आँफु कुनै पनि पदमा नजाने बताएका छन् । सरकारबाट बाहिरिने पार्टीको निर्णयबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्ने सभापति लामिछानेले उपनिर्वाचनबाट निर्वाचित नभई कुनै पदमा नजाने उद्घोष गरेका हुन् । उनले वर्तमान राजनीतिक परिस्थितिलाई मध्यनजर गर्दै सरकारलाई दिएको समर्थन यथावत राख्दै सरकारबाट मन्त्रीहरू फिर्ता बोलाउने निर्णय गरेको सभापति लामिछानेले बताए ।

Advertisement

यसैबिच सरकारबाट बाहिरिने निर्णय गरेसँगै विशेष पत्रकार सम्मेलनको आयोजना गरेको सम्मेलनमा बोल्ने क्रममा रविले आफ्नो नागरिकता र पासपोर्टका विषयमा पनि बोलेका छन् । उनले अमेरिकाबाट फर्किएपछि आमाको काखमा फर्किएको छोराले आमाले शर्तहरु राख्छिन् भन्ने कुराहरुको हेक्का नराख्दा आज यो झन्जट आइपरेको उनले बताए । उनले नेपाली पासपोर्ट लिएपछि बल्ल अमेरिकी पासपोर्ट लिएको स्विकार गरेका छन् ।

Advertisement

यसैबिच राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट मन्त्री बनेकाहरु डोलप्रसाद अर्याल श्रममन्त्री, शिशिर खनाल शिक्षामन्त्री र डा तोसिमा कार्की स्वास्थ्यराज्यमन्त्री छन् ।

रास्वपा सभापति रवि लामिछाने उपप्रधान तथ गृहमन्त्री थिए । तर नागरिकता मुद्दामा १३ माघमा सर्वोच्च अदालतले सांसद पद खारेज गरेपछि उनी पदमुक्त भएसँगै पटक पटक मन्त्री बन्ने प्रयास गर्दा पनि उनलाई प्रचण्डले राहदानीको प्रकरण झनै पेचिलो बन्दै गएका कारण उनी पर्ख र हेरको अवस्थामा पुगेका बेला रविले सरकार छाड्ने निर्णयमा पुगेका छन् ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)