हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

संयुक्त सदनमा राष्ट्रपतिले बिशेष सम्वोधन गर्ने

काठमाडौं, २३ माघ -राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई बिशेष सम्बोधन गर्ने भएकी छन् ।

Advertisement

दुई कार्यकाल सकिन लाग्दा राष्ट्रपति भण्डारीले दुवै संसदलाई संयुक्त रुपमा विशेष सम्वोधनलाई बिदाई सम्बोधन भनेर चर्चा हुन थालेको छ । निर्वाचन आयोगले २८ फागुनका लागि नयाँ राष्ट्रपतिको निर्वाचनको कार्यक्रम घोषणा गरेकाले यसलाई बिदाई सम्वोधन भनिएको हो । ा
््

Advertisement

राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यका अनुसार नेपालको संविधानको धारा ९५ बमोजिम माघ २७ गते दिउँसो ३ बजे बस्ने बैठकलाई राष्ट्रपति भण्डारीले सम्बोधन गर्नेछिन ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)