हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

सिंहदरबारमा प्रधानमन्त्री, देउवा र ओलीबीच भेटवार्ता

काठमाडौं, २३ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवासँग समसामयिक विषयमा छलफल गरिरहेका छन् ।

Advertisement

सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा प्रधानमन्त्री प्रचण्डले ओली र देउवासँग छलफल गरिररहेका प्रधानमन्त्रीका प्रेस संयोजक सूर्य किरणले न्युज कारखानालाई जानकारी दिए ।

Advertisement

भावी राष्ट्रपतिको विषयलाई लिएर दलहरुबीच तिक्तता बढिरहेका बेला प्रधानमन्त्री प्रचण्डले एकैपटक ओली र देउवासँग छलफल गरेका हुन् ।

प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति कांग्रेसलाई दिन लागेको भन्दै प्रमुख  सत्तासाझेदार दल एमाले अध्यक्ष ओलीमा सशंय पैदा भइरहेका बेला शीर्ष तीन नेताबीच भेटवार्ता भएको हो ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)