हल्दिबारी डटकम
Hover Ad Article
शिक्षा
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

मनकामनाका र लालिगुँरास स्कुलका शिक्षकलाई प्रशिक्षण

बिर्तामोड,झापा । बिर्तामोड स्थित मनकामना माध्यमिक बिद्यालयका शिक्षक लाई शिक्षण तथा सिकाई उपलब्धि सम्बन्धि प्रशिक्षण प्रदान गरिएको छ ।

Advertisement

बिर्तामोड १ स्थित बिद्यालयमा शिक्षण सिकाई उपलब्धि सम्बन्धि एक दिवसिय तालिम प्रदान गरिएको हो । बिर्तामोड ८ गरामनीमा रहेको लालिगुँरास इङ्लिस स्कुल र मनकामनाका २५ जना शिक्षकको सहभागीता रहेको थियो ।नयाँ पाठ्यक्रम अनुसार शिक्षक लाई सिकाई सहजीकरणमा सहयोग पुग्ने भएकाले तालिम आयोजना गरिएको बिद्यालयका प्रधानाध्यापक केशब ढुंगानाले जानकारी दिए ।

Advertisement
सिताराम रिमाल र दामोदर ढुंङ्गेलले सहजीकरण गरेको प्रशिक्षणमा नयाँ शैक्षिकसत्र अन्तरगत निर्माण भएको पाठ्यक्रमका आधारमा विद्यार्थीलाई सिकाई उपलब्धिका बिषयमा जानकारी गराईएको थियो ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)