कला / साहित्य / चलचित्र
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

कविता : नयाँ वर्ष

सधैं झैँ
तिमी नयाँ वर्ष
हरेक तीन सय पैंसट्ठी दिन हरुमा
टुप्लुक्क आइपुग्छौ
जब
म उभिएको धर्तीले
एकपटक
सुर्यलाइ परिक्रमा गर्छ
त्यतिबेलै हतार वसन्त
मेरो बगैंचाका बुटा हरुमा
रङ्गीचङ्गी
शिशु पालुवा भर्छे
तिम्रो स्वागतार्थ
नयाँ वर्ष
तिम्रा आगमनमा
ती मधुमास
हरियाली बहार पस्किरहेकी हुन्छे
उभ्याउदै प्राकृति रानी
उनैको सौन्दर्य मनमोहकता सँगै
उत्ताउलो बैँस पोखेर
रमाउन तल्लीन तिमी
नयाँ वर्ष
त्यो समागम नियालिरहेका
शालीन बतासका सरसराहट ले
मीठो संगित भरिरहेको हुन्छ
शुभकामनाको
आहा! तिमी फेरि पनि यसरीनै आउनु
नयाँ वर्ष
र यत्रतत्र छाउनु
जहाँ शिशिर ले लगाएका अनगिन्ती घाउहरु छन्
त्यहाँ मलहम पट्टी लगाउनु
तिमी आउनु
नयाँ वर्ष
जरुर आउनु!!

गोपाल सुब्बा संगम झापाली
बाह्रदशी ५ प्रजापति टोल

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)