स्वास्थ्य
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

आजबाट हल्दिवारीमा बालबालिकालाई भिटामिन ” ए ” र जुकाको औषधी खुवाइने

हल्दिवारी , ६ बैशाख । हल्दिवारी गाउँपालिकामा आजबाट बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन सुरु गरिदैछ । स्वास्थ्य शाखा हल्दिवारीका अनुसार ६ महिना देखि ५५ महिना उमेरसम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाउन सकिने छ ।

Advertisement

त्यस्तै १२ महिना देखि ५५ महिना उमेरसम्मका बालबालिकालाई जुकाको औषधि पनि आजवाट नै खुवाइने स्वास्थ्य शाखा प्रमुख पुष्कर निरौलाले जानकारी दिनुभएको छ । भिटामिन ए र जुकाको औषधी भोलीसम्म खुवाइनेछ ।

Advertisement

महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकामार्फत आफ्ना बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन स्वास्थ्य शाखाले आग्रहसमेत गरेको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article