कला / साहित्य / चलचित्र
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

कविता “आमा”

डाँडा माथिकै जुन घाम हुनुहुन्छ आमा
नाम सुन्दा खेरि नै काफी छ नाम आमा
पहिलो गुरु नै पो हुनुहुन्छ सबैको आमा
अनपढ भइ संतानलाई शिक्षा दिने आमा।

Advertisement

सबै विषयको विज्ञ नै हुनुहुन्छ है आमा
छामेरै बिरामी पत्ता लाउनु हुन्छ आमा
जराबुट्टा कुटि औषधी खुवाउने आमा
आधा रोग जाति हुने भन्दा पनि आमा।

Advertisement

जननी जन्म भुमि नै हुन् धर्तीका आमा
भोकै नै बसि छाती चुस्न खटाउने आमा
छाती भित्र सारा सन्तान अटाउने आमा
आधा रोग जाति हुन्छ नाम लिदा आमा।

भारी माथि बोकि गाउँ बेसि नै गर्ने आमा
नानी ताते भनि हिड्न नै सिकाउने आमा
समस्यासँग भिड्न नै सिकाउने गुरु आमा
धर्ती टेकाइ संसार देखाउने जननी आमा।

बिरामी हुँदा दु:खमा भनिन्छ मरेनी आमा
त्यति भन्दा नि दर्द निको हुन्छ भनि आमा
जिवितमा दीर्घायु सुस्वास्थ्य कामना आमा
मृतहरु सबैमा हार्दिक श्रद्धा सुमन आमा।

राज कुमार कार्की
मेचि न.पा.-१५, झापा ।
धन्यवाद ।
शुभ बिहानी ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article