स्वास्थ्य
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

मेचीनगर : आँखा शिविरमा १७२ जनाले जचाँए आँखा

मेचीनगर । मेचीनगर नगरपालिकाको आर्थिक सहयोग तथा दुर्गाचन्द्र मेमोरियल ट्रष्टको आयोजनामा आयोजित एक दिने नि;शुल्क आँखा स्वास्थ्य शिविरमा एक सय ७२ जनाले आँखा परिक्षण गराएका छन् ।
मेचीनगर १० स्थित धुलाबारी माविमा मेची नेत्रालय काँकरभिट्टाको प्राविधिक सहयोगमा शनिबार आयोजना भएको एकदिने नि;शुल्क आँखा स्वास्थ्य शिविरमा एक सय ७२ जनाले आफ्नो आँखा जाँच गराएका छन् । मेचीनगर ९ र १० का मानिसहरुका लागि आयोजना गरिएको निशुल्क मोतिविन्दु, जलविन्दु र टेरिजियम शल्यक्रिया शिविरमा १२ जनामा समस्या देखिएको थियो । उनीहरुलाई मेची नेत्रालयले थप उपचार गर्ने भएको छ ।
नगरपालिकाको पन्द्रवटै वडामा नि:शुल्क मोतिविन्दु, जलविन्दु र टेरिजियम शल्यक्रिया शिविर सञ्चालन गर्ने कार्यक्रम अन्तर्गत शनिबार स्थानीय आयोजक युनाइटेड युथ ओपन स्काउट क्रियुको संयोजनमा वडा नम्बर ९ र १० मा आँखा स्वास्थ्य शिविर सम्पन्न गरेको थियो । कार्यक्रममा मेचीनगर उपप्रमुख मीना पोखरेल उप्रेती, बरिष्ट प्रशासकिय अधिकृत अनन्तप्रकाश वस्ती, मेचीनगर १० का वडाध्यक्ष नारायण खनाल, मेची नेत्रालयका सञ्चालक तथा बरिष्ट नेत्र बिशेषज्ञ डा शरदचन्द्र राई, पुन्नम प्रधानलगायको आतिथ्यता रहेको थियो ।
Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article