स्वास्थ्य
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा आयोजित स्वास्थ्य शिविर सम्पन्न

वैशाख १८ । अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा आयोजित आरोग्यः वृहत निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । सामुदायिक संस्था सानो पाइलाको आयोजना, राउण्ड टेबल नेपालको प्रायोजन र ईम्प्रुभिङ्ग वीरगञ्ज सँगको सहकार्यमा वीरगञ्जस्थित माईस्थान पार्कमा आयोजित स्वास्थ्य शिविर सम्पन्न भएकोहो। बिहान ७ः३० बजेबाट सुरु भएकोशिविर बिहान १०ः३० बजेसम्म जारी रह्यो।

Advertisement

शिविरमा पेट तथा लिभर रोग विशेषज्ञ – डा. राकेश कुमार झा, स्त्री तथा प्रसुती रोग विशेषज्ञ – डा. अस्मिता उपाध्याय द्विेदी, हाडजोर्नी तथा नशा रोग विशेषज्ञ – डा. रन्जन कुमार झा, फिजिसियन – डा. सरोज रोशन दास, दन्त रोग विशेषज्ञ – डा. राजेश स्वणर्कार र मेडिकल अफिसर – डा.भुनेश कुमार बादल लगायतका विशेषज्ञ चिकित्सकहरुको टोलिले उपचार सेवा प्रवाह गर्नुभएकोथियो।

Advertisement

शिविरबाट १ सय ८१ जना बिरामीहरुले चिकित्सकीय परार्मश लिनुभएकोछ । शिविरमा नसर्ने रोगका बिरामीहरु सबभन्दा बढी आउनुभएको थियो । शिविरमा आउनुभएका सबैबिरामीहरुलाई चिकित्सकीय परामर्शसँगैऔषधी समेत व्यवस्थापन गरिएकोथियो । नेशनल हेल्थकेयरको सहयोगबाट प्राप्त हुन आएको औषधीहरु बिरामीहरुलाई निःशुल्क रुपमा बाँडिएको थियो। शिविरमा नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल, वीरगञ्जका विद्यार्थीहरुको प्राविधीक सहयोग रहेको थियो।

हाम्रो समुदायको ठूलो हिस्सा अहिलेपनि स्वास्थ्य सेवाको पहुँचभन्दा बाहिर छ । सहज सेवा प्रवाह नहुँदा कतिपयले आफ्नो स्वास्थ्य प्रति पर्याप्त चासो दिन सकिरहेका छैनन्। कयौंले आर्थिक अवस्था कमजोर हुँदा आफ्नो स्वास्थ्यको ख्याल राख्न सकेका छैनन्। यो अवस्थाबाट यहाँको समुदाय पनि अछुतो छैन ।

यसै अवस्थालाई मध्यनजर गर्दै आरोग्यः वृहत स्वास्थ्य शिविर आयोजना गरेका हौं । यस कार्यक्रममा संस्करणहरु जिल्लाका ग्रामीण भेगमा पनि सञ्चालन गरिनेयोजना छ । यहाँको समुदायको स्वास्थ्यसँग सम्बन्धित आवश्यकता र चाहना पनि स्वास्थ्य सेवाको सहज उपलब्धता नै हो । समुदायको आवश्यकता र चाहना हामीलेपनि बोध गरेकैछौं । योसमुदायका लागि समुदायकै अभियान हो।

 

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article