हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

हल्दिवारीमा लाखौं रुपैयाँको काठ प्रहरीले समात्यो

हल्दिवारी । हल्दिवारी गाउँपालिकाबाट प्रहरीले ६ थान अवैध गोलिया काठसहित ट्याक्टर नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले हल्दिवारी गाउँपालिका- ४ स्थित मंगलबारे बजारबाट नम्बर प्लेट नभएको ट्याक्टरमा सखुवाको गोलिया काठ लोड गरी लैजाँदै गरेको अवस्थामा शंका लागेर सोधपुछ गर्दा चालक काठसहित ट्याक्टर छाडेर भागेको प्रहरीले जनाएको छ ।
बरामद गरिएको ६ थान सखुवा जातको गोलिया काठसहित ट्याक्टर जिल्ला डिभिजन वन कार्यालय झापामा बुझाइसकेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिनुभएको छ ।
एसियाकै जैविक विविधता भएको जलथल जंगलमा काठ तथा वन्यजन्तु तस्करी खुलेआम हुँदा समेत सम्बन्धित निकायको ध्यान गएको देखिदैन ।
वनसमितीमा रहेका केहि व्यक्ति हरुको सहयोगमा तस्करी बढेको उपभोक्ता बताउँछन् । जिल्ला वन कार्यालयले समेत स्थलगत अनुगमन नगरी समुदाय बाट काठ निकाल्ने परिपाटी मौलाउदै जादा जलथल जङ्गलको अस्तित्व केहि बर्षमा समाप्त हुनसक्ने खतरा बढेको अनुसंधान कर्ता बताउछ्न ।
Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)