हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

झापामा अभिव्यक्ति स्वतन्त्रता तथा सूचनाको हक बारे अन्तरक्रिया र प्रशिक्षण

दमक, बैशाख २०। दमकमा आयोजित एक कार्यक्रमका सहभागीहरले निष्पक्ष र स्वतन्त्र पत्रकारितामा जोड दिएका छन् । विश्व प्रेस स्वतन्त्रता  दिवसको अवसरमा बुधवार नेपाल पत्रकार महासंघ झापा शाखाले  दमकमा आयोजना गरेको अभिव्यक्ति स्वतन्त्रता तथा सूचनाको हक विषयक अन्तरक्रिया   र   प्रशिक्षण कार्यक्रमका सहभागीहरले यस्तो बताएका हुन् ।

Advertisement

प्रमुख अतिथि गौरादह नगरपालिाका नगर प्रमुख छत्रपति सुवेदीले उद्घाटन गरेको कार्यक्रम पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको थियो । नगर प्रमुख सुवेदीले पत्रकारले अभिव्यक्ति स्वतन्त्रता तथा सूचनाको हक प्रयोय गर्दैगर्दा तथ्यमा आधारित समाचार लेख्नुपर्ने बताए । अभिव्यक्ति स्वतन्त्रताको नाममा तथ्यहिन समाचार लेखेमा त्यसले समाजमा नकारात्मक असर पुग्ने भएकोले यसप्रति पत्रकार सधै सचेतहुनुपर्ने उनको भनाइ थियो ।

Advertisement

प्रशिक्षण कार्यक्रममा अभिव्यक्ति स्वतन्त्रताका विषयमा मानव अधिकार सञ्जाल झापाका अध्यक्ष डा. रुपक खनाल, नेपालमा प्रेस स्वतन्त्रता हननको अवस्था तथा सूचनाको हक बारे महासंघका केन्द्रीय सदस्य अम्मर खड्का र मल्टिमिडिया तथा क्यामेरा ह्यान्डिलिङको बारेमा कान्तिपुर टेलिभिजनका संवाददाता गणेशमान मुखीयाले सहजीकरण गरेका थिए ।

महासंघका कोशी प्रदेश कोषाध्यक्ष विमल लामिछाने, दमक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्वरुबल्लव निरौला, महासंघका पूर्वअध्यक्ष गोविन्दचन्द छेत्री, नेपाल प्रेस युनियनकी सचिव तथा नारी सञ्चार गृहकी अध्यक्ष रेजिना रोदन, प्रेस चौतारीका प्रदेश महासचिव गोपाल झापाली, प्रेस मञ्च नेपालका केन्द्रीय अध्यक्ष कमान देवान लगायतले अभिव्यक्ति स्वतन्त्रता तथा सुचनाको हकका विषयमा आफ्नो भनाइ राखेका थिए ।

सोही कार्यक्रममा नेपाल पत्रकार महासंघ झापा शाखाले प्रकाशन गरेको २०८० सालको क्यालेण्डर विमोचन गरिएको थियो ।  कार्यक्रममा उपाध्यक्ष केशव भट्टराईले स्वागत तथा सहसचिव अर्जुन राजवंशीले सञ्चालन गरेका थिए । सञ्चार क्लब गौरादह, पत्रकार मञ्च दमक, सक्रिय पत्रकार सञ्जाल दमक र सताक्षी प्रेस क्लबको समन्वयमा भएको कार्यक्रम दमकको स्वर्णलक्ष्मी सहकारीको सभाहलमा भएको थियो । ‘भविश्यको अधिकार सुनिश्चितताः मानव अधिकारको संवाहक अभिव्यक्ति स्वतन्त्रता’ भन्ने नाराका साथ नेपालमा विश्व प्रेस स्वतन्त्रता दिवस मनाइएको हो ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)