हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

डिउटीमै समयमा तास खेल्ने तिन महानगर प्रहरीलाई निलम्बन गर्ने तयारी

काठमाडौं । काठमाडौं महानगरपालिकाले तीन नगर प्रहरीलाई निलम्बन गर्ने तयारी गरेको छ । डिउटीकै क्रममा प्रहरी पोसाकमै जुवातास खेलेको पाइएपछि महानगरले तीनजना नगर प्रहरीलाई निलम्बन गर्ने तयारी गरेको हो ।

Advertisement

कार्यालयमै तास खेलिरहेको तस्वीर सार्वजनिक भएपछि महानगरले नगर प्रहरी निरिक्षक निरकुमार बस्नेत, हवल्दार प्रयास घिमिरे र जवान रुपेश बानियाँलाई निलम्बन गर्ने तयारी गरेको हो ।

Advertisement

निलम्बनको तयारी गरिएका हवल्दार प्रयास घिमिरे महानगरकी उपप्रमुख सुनिता डंगोलका पूर्व पिएसओ हुन् । हाल उनीहरु तीनैजनालाई अनुसन्धानको प्रक्रियामा ल्याइएको महानगरले जनाएको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)