हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

हल्दिबारीले बिकाश बजेट काटेर चालू खर्चमा बढायो

 

Advertisement

हल्दिबारी । झापाको हल्दिबारी गाउँपालिकाको  १४ औं  गाउँसभाले चालू आर्थिकबर्षको बजेटमा दोश्रो संशोधन गर्दै चालू खर्चको केही शिर्षकमा खर्च बढाएको छ।

Advertisement

यसअघि १३ औं गाउँसभाले समेत पहिलो पटक बजेट संशोधन गर्दै रकमान्तर गरेको थियो भने चालू आर्थिक बर्षको अन्तिममा आएर बैशाख १५ गते फेरि बजेट संशोधन र रकमान्तर गरेको हो। हल्दिबारीका ठूला बिकास अायाेजनाहरू कुलुङ्गे चाेकबाट ढडुवा हुदै जम्बा चाेक पश्चिम हुलाकी राजमार्ग जाेड्ने सडक कालाेपत्रे अायाेजनाकाे बजेट ९ लाख काटिएको छ। त्यसैगरी जनजागृति मा बि बाट किराँत चाेक हुदै लाटि हाेलि जाेड्ने सडक र चाकला चाेकबाट दक्षिण याेग प्रसाद भट्टराईकाे घर हुदै राम जानकि मन्दिर सम्म जाने बाटाेकाे काे ५ लाख बजेट घटाएको छ, मंगलबारे बडाबारी हुँदै पाथिभरा पर्यटकीय क्षेत्रबाट ओलिचाेक तर्फ र केदार उप्रेतीको घरबाट बाेडाेसा चाेक हुदै कञ्चनश्री चन्द्र मार्ग संग जाेड्ने सडककाे ७ लाख ५० हजार कटाएकाे छ , पिपलचाेक हल्दिबारि चाेक बेलागाडा चाेक हुदै गरामुनि जाेड्ने सडककाे ५ लाख ५० हजार कटाएकाे छ। भेलागढी लाेकतान्त्रिक शहिद स्मृति पार्क निर्माण अायाेजनाबाट १० लाख कटौती गरिएको छ।

मितव्ययिता आर्थिक अनुशासनको अनिवार्य सर्त हो । सुशासनका लागि मितव्ययी हुनु अनिवार्य छ । यसको ठिक विपरीत झापाको हल्दिबारी गाउँपालिकामा भने गत बर्षको तुलनामा चालु खर्चमा अध्याधिक वृद्धि भएको पाइएको छ ।भने बिकास निर्माणकाे बजेट काटेको छ। याे सु शासन भएर कुशासान तर्फ हल्दिबारी बढेको देखिन्छ ।

चालू आवमा ईन्धन खर्चमा १५ लाख छुट्याइएको पालिकाले बजेट अपुग भएको भन्दै पुनः ६ लाख बढाएको छ, विविध खर्च २८ लाख ८९ हजार बजेट छुट्याइएको पालिकाले पुनः सोहि शिर्षकमा तीन लाख बढाएको छ, भ्रमण खर्च १० लाख ३ हजार छुट्याइएको पालिकाले पुनः एक लाख पचास हजार बजेट थप बढाएको छ,  सवारीसाधन मर्मत खर्च १७ लाख रुपैयाँ छुट्याएको पालिकाले नपुग्ने भन्दै पुनः तीन लाख बजेट थप गरेको छ ।

त्यसैगरी मसलन्द कार्यालय सामाग्री खर्च ३३ लाख १४ हजार छुट्याइएको पालिकाले पुनः दुई लाख पचास हजार रुपैयाँ थप गरेको छ, पत्रपत्रिका छपाई तथा सूचना प्रकाशन खर्च  शिर्षकमा १० लाख छुट्याइएको पालिकाले नपुग्ने भन्दै एक लाख पचास हजार रुपैयाँ थप गरेको छ।

त्यस्तै मेसिनरी तथा औजार मर्मत सम्भार तथा सञ्चालन  खर्च १० लाख १० हजार छुट्याइएको पालिकाले नपुग भएको भन्दै २ लाख बजेट बढाएको हो, शैक्षिक क्यालेन्डर निमार्णका लागि ४ लाख बजेट व्यवस्था गरेको छ भने स्थानीय खोलाको ग्रावेल ढुवानी गरी बिभिन्न बाटाहरू मर्मत गर्न ४० लाख बजेट व्यवस्था गरी निकासाको तयारी गरेको पालिकाले जनाएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)