खेलकुद
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

मलेसियासँग एसीसी इस्टर्न रिजनमा नेपालको पहिलो खेल

थाइल्याण्डमा यही फेब्रुअरी २९ देखि मार्च ६ तारिखसम्म आयोजना हुने एसीसी इस्टर्न रिजन टी–२० कप क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । एसियन क्रिकेट काउन्सिल (एसीसी)ले सार्वजनिक गरेको तालिका अनुसार नेपालले पहिलो खेल फेब्रुअरी २९ मा मलेसियासँग खेल्नेछ ।

Advertisement

नेपालसहित आयोजक थाइल्याण्ड, मलेसिया, सिंगापुर र हङकङ सहभागी प्रतियोगितामा नेपालले दोस्रो खेल मार्च १ मा हङकङ, तेस्रो खेल मार्च ४ मा थाइल्याण्ड र अन्तिम खेल मार्च ६ मा सिंगापुरसँग खेल्नेछ । शीर्ष दुई टोली एसिया कपमा छनोट हुने छन् ।प्रतियोगिताको लागि नेपाल क्रिकेट संघ ९क्यान० ले १४ सदस्सीय नेपाली टोलीको घोषणा गरिसकेको छ ।

Advertisement

ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको नेपाली टोलीमा उपकप्तान दिपेन्द्र सिंह ऐरी, पारस खड्का, आरिफ शेख, बिनोद भण्डारी, सन्दीप लामिछाने, करण केसी, अभिनास बोहरा, कुशल मल्ल, पवन सरार्फ, सुशन भारी, किशोर महतो, भुवन कार्की र सन्दीप जोरा छन् ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article