हल्दिवारी । झापा उद्योग वाणिज्य संघ जिल्ला कार्य समितिको नयाँ नेतृत्व निर्विरोध चयन भएको छ । आगामी तीन बर्से कार्यकालका लागि भएको निर्वाचनमा अध्यक्षमा प्रज्वल राई निर्वाचित भएका छन् ।
त्यस्तै वरिष्ठ उपाध्यक्षमा राजकुमार राई, वाणिज्य उपाध्यक्षमा सञ्जयकुमार श्रेष्ठ एशोसिएट्स – वस्तुगत उपाध्यक्षमा बाबुराम पराजुली, महिला उपाध्यक्षमा सीता ढकाल निर्विरोध निर्वाचित भएका छन् ।
त्यसैगरी महासचिवमा सुमन्त मैनाली र कोषाध्यक्षमा पवन श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन्। त्यसैगरी महिला सदस्यह


रूमा दिलकुमारी राई, अनिता कार्की, रुकमणि चौहान र मुना दाहाल निर्विरोध निर्वाचित भएकी छिन् ।
त्यस्तै खुला सदस्यहरूमा अम्बिका पोखरेल, अरुणकुमार मित्रुका, सिंहवीर लिम्बु –अनिल), सागर घिमिरे, ज्ञानबहादुर राई, विक्की साह रौनियार र कविन राई निर्विरोध निर्वाचित भएका छन् ।
