हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

समीक्षा अधिकारी भन्छिन् ‘पलकै मायाले मैले बयान फिर्ता लिएकी हुँ, तर म गलत छैन्’

काठमाडौं – गायिका समीक्षा अधिकारी लामो समय पछि मिडियामा आएकी छन् । मिडियामा आएलगत्तै समिक्षाले दिएका अभिव्यक्तिले यतिबेला तरंग मच्चाएको छ। र एपिवान टेलिभिजनबाट प्रसारित कार्यक्रम ‘द प्रकाश सुवेदी शो’मा समिक्षाले लामो समयपछि खुलेर बोलेकी छन् । उनले पल शाहको माया लागेरै अदालतमा बयान फेरेको र आफुले पललाई माया असाध्यै माया गर्ने र माया गर्ने मान्छेलाई खराब हालतमा देख्न नसकेको भन्दै बयान फेरेको बताउकी छन् ।

Advertisement

उनले आफुले बयान फेरे ता पनि आफु गलत नभएको बताएकी छन् । सुरुमा पललाई मुद्दा हाल्दा पनि विभिन्न कारणहरुले बाध्य पारेको समिक्षाको दावी छ।त्यो केसले यति ठूलो रुप लिन्छ भनेर नसोचेको पनि उनले बताएकी छन् ।आफू सँग कुनै अप्सन नभएको र पलको एकदम माया लागेको भएर नै कसैको उक्साहटमा नभई आफैले बयान फेरेको कुरा समिक्षाले प्रकाश सुवेदीको शोमा गरेकी छिन्। बयान फेर्नु कानुनी रुपमा गलत भएपनि सोही गलतकै कारण पल शाह जेलबाट निस्किन सफल भएको उनले बताएकी छन् ।

Advertisement

पल जेल हुँदा अदालतमा भेट हुने गरेको पनि उनले खुलाएकी छिन्। पलका म्यानेजर कृष्ण जोसीलाई त कहिल्यै माफ गर्न नसक्ने उनले बताएकी छन् । दाइ भनेकै मान्छेबाट आफुले ठूलो धोका पाउको उनले बताएकी छन् । उक्त समयमा आफ्नो परिवारले एकदम साथ दिएको उनले बताइन्। साथै, नायिका स्वस्तिमा खड्का,संगीतकार अर्जुन पोखरेलले पनि ठूलो साथ दिएको समिक्षाले बताइन् ।उनी केही हप्ता अघि मात्रै झन्डै डेढ महिनापछि समीक्षा अष्ट्रेलियाबाट नेपाल फर्केकी हुन् ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)