हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

पानीजहाज बनाउन १२ सय नेपाली कोरिया जाँदै

काठमाडौं । कोरियाले पछिल्लो समय रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत दोस्रो चरणमा कृषि तथा पशुपालनको क्षेत्रमा ७ हजार जना नेपाली श्रमिक छनोट गर्ने भएको छ । यसैगरी पानी जहाज निर्माण कम्पनीमा समेत नेपालबाट पहिलो पटक १२ सय श्रमिक जान पाउने भएका छन् ।

Advertisement

कोरियाको एचआरडी सेवाले दोस्रो चरणको भाषा परीक्षामा पास भएका ८ हजार ३८० मध्येबाट ७ हजार ७०० नेपाली युवालाई कोरिया लैजाने रोष्टर तयार गर्ने भएको हो ।

Advertisement

वैदेशिक रोजगार विभाग ईपीएस शाखाले कृषि तथा पशुपालन क्षेत्रतर्फको दोस्रो चरणको कोरियन भाषा परीक्षा ईपीएस टपिक युबिटीको नतिजा सार्वजनिक गरी सीप परीक्षणको सूचनासमेत निकालेको छ ।यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ । सीप परीक्षण पास भएका युवाले रोजगार आवेदन, स्वास्थ्य परीक्षणलगायतका काम सकेपछि कोरिया पठाइने छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)