हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

मुगु हिमपहिरोमा बेपत्ता भएका तीन जनाको मृत्यु

मुगु, २३ वैशाख – हिम पहिरोमा परेर जुम्लाका बेपत्ता तीन जनाको मृत्यु भएको छ । जुम्लाको पातारासि गाउपालिका–२ तल्फि गाउँका तारासिंह सार्की, पुन्न सार्की र बीर बोहोराको मृत्यु भएको जुम्ला, पातारासि गाउँपालिकाका अध्यक्ष पुन्न सिंह बोहोराले बताए ।

Advertisement

अन्दाजी १२ देखि १३ जनाको टोलीमा रहेका मध्ये शनिवार ३ जना बेपत्ता भएका थिए । उनका अनुसार उनीहरू मुगुको मुगुम कार्मारोङ्ग गाउपालिका–२ च्यार्खु भन्ने लेकमा शनिवार देखी  उनीहरू बेपत्ता भएको थिए ।

Advertisement

उनीहरू यार्सा संकलनको लागि सो क्षेत्रमा गएका उनीहरूकाे शनिवार देखी नै खाेजी कार्य गरिएकाे थियाे । जेठ ४ गते देखि मात्रै यार्सा सङ्कलनका लागि अनुमति दिए पनि मृतकसहितका टोली भने लुकिछिपी जान खोज्दा हिमपहिरोमा परेर बेपत्ता भएको हुन ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)