हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

चार जना पत्रकारलाई कोशी प्रदेश पत्रकारिता पुरस्कार

झापा । राष्ट्रिय पत्रकारिता दिवसको अवसरमा कोशी प्रदेश पत्रकारिता पुरस्कार झापाली पत्रकार अम्बिका भण्डारीसहित चार जनालाई प्रदान गरिएको छ ।

Advertisement

कोशी प्रदेश सरकारले आज झापाकी अम्बिका भण्डारी, सुनसरी धरानका राजेशकुमार यादव (राजेश विद्रोही) इलामका सटेन्द्रकुमार जबेगु र सोमनाथ अधिकारीलाई प्रदेश पत्रकारिता पुरस्कार प्रदान गरिएको छ ।

Advertisement

उनीहरूलाई कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले जनही एक लाख रुपैयाँ नगदसहित प्रदेश पत्रकारिता पुरस्कार प्रदान गरेको हो । पुरस्कार प्रदान गर्दै मुख्यमन्त्री कार्कीले प्रदेशको विकासमा पत्रकारिता क्षेत्रको भूमिका महत्वपूर्ण रहेको बताए ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)