हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

मन्त्री रिजाल र अमेरिकी राजदूतबीच शिष्टाचार भेट

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालसँग अमेरिकी राजदूत डिन आर थम्पसनले  शिष्टाचार भेटवार्ता गर्नु भएको छ । बुधबार मन्त्रालयमा भएको शिष्टाचार भेटवार्तामा द्विपक्षीय सम्बन्ध, व्यापार तथा लगानी लगायत विविध विषयमा कुराकानी भएको थियो ।

Advertisement

भेटमा मन्त्री रिजालले नेपालको विकास लगायतका विविध क्षेत्रमा अमेरिकाले गर्दै आएको सहयोग सह्रानीय रहेको बताउनु भयो । आगामी दिनहरूमा पनि द्विपक्षीय सम्बन्ध थप सुदृढ हुंदै जानेमा आफु विश्वस्त रहेको मन्त्री रिजालले स्पष्ट पार्नु भयो । नेपाल र अमेरिकाबीच वर्षौदेखिको मित्रता रहेको बताउदै मन्त्री रिजालले अमेरिकी राजदूत डिन आर थम्पसनको कार्यकालमा नेपाल र अमेरिकाको सम्बन्ध अझै प्रगाढ रहने विश्वास ब्यक्त गर्नु भयो ।

Advertisement

नेपालमा लगानी भित्र्याउन अमेरिकी राजदूत डिन आर थम्पसनको पूर्ण सहयोगको अपेक्षा गर्दै मन्त्री रिजालले लगानीको वातावरण बनाउन नेपाल सरकार सदैब तयार रहेको स्पष्ट पार्नु भएको छ । पर्यटन क्षेत्रमा कसरी बढी लगानी भित्र्याउन सकिन्छ भन्ने तर्फ मध्ये नजर गर्न जोड दिदै मन्त्री रिजालले अमेरिकाले नेपाललाई गर्दै आएको सहयोग प्रति आभार व्यक्त गर्नु भयो ।

अमेरिकाबाट प्राप्त विकास सहायताले विभिन्न क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएको बताउदै मन्त्री रिजालले आगामी मे मा काठमाडौँमा हुने टिफा काउन्सिलको छैटौ बैठक द्विपक्षीय ब्यापार तथा लगानी प्रवर्दनका लागि फलदायी हुनेमा विश्वास व्यक्त गर्नु भयो ।


भेटका क्रममा मन्त्री रिजालले सन् २०२६ मा नेपाल अति कम विकसित मुलुकबाट विकासोन्मुख मुलुकमा स्तरोन्नति हुदा समेत नेपाल व्यापार प्राथमिकता कार्य्रक्रम जस्तो कार्य्रक्रमलाई अमेरिकाले कुनै न कुनै रुपमा निरन्तरता दिनको लागि अमेरिकी राजदूत थम्पसन मार्फत अमेरिकी सरकारसँग आग्रह गर्नु भएको छ । त्यसैगरी सुचना, संचार तथा प्रविधि, उर्जा र कृषि लगायतका क्षेत्रमा अमेरिकाबाट प्रत्यक्ष वैदेशिक लगानी भएको बताउदै मन्त्री रिजालले लगानी बढाउँन र विविधिकरण गर्नको लागि अमेरिकी राजदूत थम्पसनको अधिकतम प्रयास रहने अपेक्षा समेत ब्यक्त गर्नु भयो ।

भेटमा  अमेरिकी राजदूत थम्पसनले नेपालको आर्थिक वृद्धिमा नीतिगत रुपमा सहयोग गर्ने बताउनु भयो ।  लगानीको वातावरण थप सुद्धिढ गराउन जोड दिदै अमेरिकी राजदूत थम्पसनले नेपालको विकासमा अमेरिकी सरकारको हर सहयोग रहने विश्वास समेत दिलाउनु भयो ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)