हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

विवाहमा पहुनाहरुलाई राम्रोसँग स्वागत नगरेको भन्दै भाग्न लागेको बेहुला र उनका बुबा पक्राउ

बारा-बारामा विवाहमा पहुनाहरुलाई राम्रोसँग स्वागत नगरेको भन्दै भाग्न लागेको भारतीय बेहुला र उनका बुबालाई बारा प्रहरीले पक्राउ गरेको छ। प्रहरीले बेहुला भारत जिल्ला पूर्वी चम्पारण ग्राम पंचायत कथवलिया सुगौली बस्ने २३ बर्षिय शशी कुमार चौरसिया र उनका बुबा ४६ बर्षिय श्यामकान्त भगतलाई पक्राउ गरेको हो ।

Advertisement

आइतबार राति बेहुला शशिको बिबाह बाराको महागढीमाई नगरपालिका–६ बबुआईन बस्ने कालिचरण प्रसाद चौरसियाको छोरीसँग हुने तय थियो। राति भारतबाट जन्ती लिएर आएका बेहुलाले जन्तीमा आएका पाहुनाहरुलाई बेहुली पक्षले  भनेअनुरुप चलनचन्तिको राम्रो सँग स्वागत सत्कार नगरेको भन्दै बिहे नगर्ने भनि स्टेजबाट भाग्न लागे त्यसपछि सुरु भयो विवाद ।

Advertisement

विवाद बढ्दै गएपछि हातपात हुन थाल्यो । उनीहरू जन्तीसहित कालीचरणप्रसाद चौरसियाकी २१ वर्षीया छोरी मनिषासित विवाह गर्न आएका थिए । वरमाला हुने स्वयम्बर (स्टेज) को सजावट राम्रो नभएको र जन्तीहरूको सेवा–सत्कार राम्रो नभएको भन्दै बेहुला स्वयम्बरबाट हिँड्न खोजेपछि बेहुली र बेहुलाका बाबुबीच विवाद बढेर कुटाकुटको अवस्थासम्म सिर्जना भएको थियो ।

सोहीक्रममा बेहुलाका बुबा श्यामकान्त भगतले बेहुलीका बुबालाई विभिन्न किसिमको अश्लील शब्दहरु प्रयोग गरी हातपातसमेत गर्न खोजेको र बिहे नगर्ने भनि बेहुला भाग्न खोजेपछि विवाह मण्डपमा पुगेको प्रहरीले बेहुला र उनका बुबालाई पक्राउ गरेको बाराका प्रहरी प्रवक्ता डिएसपी पुरुषोत्तम पाण्डेले जानकारी दिए।

पक्राउ परेका बेहुला र उनका बुबाउपर अभद्र व्यवहारसम्बन्धी मुद्दा दर्ता गरी जिल्ला प्रशासन कार्यालय कलैयाबाट १० दिनको म्याद थप गरी अनुसन्धान कार्य भइरहेको पाण्डेले बताए।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)