हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

कृषिविज्ञ मदन राई याैन दुर्व्यवहारकाे आराेपमा पक्राउ

काठमाण्डाै । कृषिविज्ञ एवम् शुभद्रा मदन (शुभम) फाउन्डेशनका सञ्चालक मदन राईलाई प्रहरीले पक्राउ गरेको छ ।

Advertisement

खोटाङमा रहेको फाउन्डेशनमा बस्दै आएका छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा राईलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक (डीएसपी) मञ्जिल मुकारुङले जानकारी दिनुभयो । एक जना पीडित पनि प्रहरीको सम्पर्कमा आएको र अहिले सोधपुछ तथा राईमाथि अनुसन्धान भइरहेको मुकारुङले बताउनुभयो ।

Advertisement

वैकल्पिक शिक्षाको नारासहित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नम्बर २ सोल्मामा राईले फाउन्डेशन सञ्चालन गर्नुभएको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)