हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

१५ बर्ष देखि हराइ रहेको क्यामेरा गहिराे पानिमा भेटियाे, क्यामराकाकाे डाटा जस्ताको त्यस्तै

हल्दिबारी । क्यामेरामा पानी पर्यो भने मात्रै पनि सबै डाटा ड्यामेज हुन्छ । पानीले क्यामेरालाई कामै नलाग्ने गरी बिगारिदिएका कैइौँ उदाहरणहरु छन् । तर अमेरिकाको कोलोराडो नदी सफा गर्ने क्रममा एक व्यक्तिले पुरानो खिया लागेको क्यामरा भेटाएसँगै सबै अचम्ममा परेका छन् ।

Advertisement

खासमा सबै अचम्ममा पर्नुको कारण हो उक्त १३ वर्षदेखि नदीमा हराएको क्यामराका पुरै डाटा जस्ताको त्यस्तै निस्किनु । सफा गर्ने क्रममा क्यामराले खिचेका भिडियो र तस्वीरहरू सुरक्षित भेटिएको बिबिसीले जनाएको छ ।

Advertisement

बिबिसीका अनुसार क्यामरामा कैद भएको बिहेको भिडियो कसको हो भनेर खोज्न ती व्यक्तिले सामाजिक सञ्जालमा भिडियो पोस्ट गरे। सामाजिक सञ्जालमा पोस्ट भिडियोका आधारमा दुलही फेला परेपछि यो रहस्य बाहिर आएको हो । खासमा ति बेहुली थिइन् कोरल अमायी।

क्यामरामा तस्वीर र भिडियो अहिलेसम्म पनि सुरक्षित नै भेटिँदा उनी दंग छिन् । कोलोराडोमा र्‍याफ्टिङ गर्ने क्रममा १३ वर्षअघि हराएको क्यामेरा फेला परेसँगै केही अन्य रहस्य पनि बाहिर आएका छन् । ति तस्विरमा उनकी एक साथीकी छोरी पनि छिन्, जसलाई आफूले लामो समयदेखि नभेटेको र अब उनलाई भेटेर कुराकानी गर्न मन लागेको उनले उल्लेख गरिन् ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)