हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

लायन्स क्लव अफ झापा दमकको संयोजनमा वैवाहिक बर्षगाँठमा विपन्नलाई सहयोग

दमक । झापा दमकका युवा व्यवसायी तथा लायन्स क्लव अफ झापा दमकका संस्थापक सदस्इ बिष्णु साहले आफ्नो बैबाहिक बर्षगाँठको अवसर पारेर विपन्न एक परिवारलाई खाद्यन्न तथा दैनिक उपयोगी सामान सहयोग गरेका छन ।

Advertisement

शाह पत्नी सीतादेवीसहितले क्लबको आयोजनामा शुक्रबार झापा गाउँपालिका वडा नं ७ मदरगाछका राजकुमार गणेशको घरमै पुगेर सो सहयोग हस्तान्तरण गरेको छ । आफु काम गर्न नसक्ने भएपछि बृद्धा आमा साहरामा बाँचेका गणेशको परिवारलाई क्लवको संयोजनमा ५० केजी चामल, दाल, तेल, नुन साबुन लगायतका दैनिक आवश्यकीय सामाग्रिहरु उपलब्ध गराएको क्लवका अध्यक्ष अशोक चौधरीले बताए ।

Advertisement

करिब दुई बर्ष अघिदेखि घुँडामा टयुूमर पलाएर बिरामी परेका गणेशको उपचार तथा दैनिक जिवनयापन कष्टकर रहेको बुझेपछि यो सहयोग प्रदान गरिएको हो । क्लबका अध्यक्ष चौधरीको अध्यक्षता र सो वडाका वडाध्यक्ष सखिचन्द्र ठाकुर उपचारमा सहयोग जुटाइरहेका काजी राउत लगायतका क्लबका पदाधिकारी, सदस्य तथा स्थानीय सामाजिक व्यक्तित्वहरुको उपस्थिती रहेको थियो ।

कार्यक्रममा व्यवसायी साह दम्पत्तीले बैबाहिक बर्षगाँठमा यस किसिमको सेवामुलक काममा सहयोग गर्न पाएकोमा खुशी व्यक्त गरे । क्लबले आफना सदस्यहरुको विशेष दिनमा हुने फजुल खर्चको सट्टा सेवामुलक काममा खर्चिन अभिप्रेरित गर्दै आएको क्लबका सचिव विष्णुप्रसाद पोखरेलले बताए ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)