हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

भुटानी शरणार्थी बनाउने प्रक्रियामा मुछिएका व्यक्तिलाई उनीहरू आबद्ध दलले नै जोगाउने नीति

काठमाडौं । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाउने प्रक्रियामा मुछिएका राजनीतिक दल आबद्ध व्यक्तिलाई उनीहरू आबद्ध दलले नै जोगाउने नीति अख्तियार गरिरहेका छन् ।प्रहरी अनुसन्धानबाट नक्कली शरणार्थी प्रकरणमा जोडिएका प्रहरीले अनुसन्धान अघि बढाएका व्यक्तिलाई राजनीतिक दलले कारबाही गर्नुको साटो जोगाउने नीति लिइरहेका छन् ।

Advertisement

जसले ती दलको बोली एउटा काम र व्यवहार अर्कै देखिएको छ । यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ । शरणार्थी प्रकरणमा प्रहरीले पूर्वगृहमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँणलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ भने सोही प्रकरणमा मुछिएका नेकपा (एमाले)का सचिव टोपबहादुर रायमाझी फरार छन् ।

Advertisement

प्रहरी हिरासतमा रहेका खाँणलाई कांग्रेसले पक्राउ परेको चार दिन बित्दासमेत पार्टीबाट कारबाही गर्न सकेको छैन् ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)