हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

हल्दिबारी २ मा मेडिहोम हस्पिटलको सेवा आजदेखी सुचारु

हल्दिबारी, ३० वैशाख । हल्दिबारी गाउँपालिका २ मा स्थापना गरिएको मेडीहोम हस्पिटलको उत्घाटन गाउँपालिका अध्यक्ष रविन्द्र प्रसाद लिङ्गदेनले विशेष कार्यक्रम बिच गर्नु भएको छ ।

Advertisement

हस्पिटल उत्घाटन गर्दै अध्यक्ष लिङ्गदेनले आफ्नै ठाउँमा स्थापना भएका अस्पताललाई विश्वास गरि स्वास्थ्य पहिले चेक जाँच गर्न अनुरोध गर्दे बिरामीलाई दिनु पर्ने सेवामा अस्पताल सधै सजग रहन समेत अनुरोध गर्नु भएको छ ।

Advertisement

हस्पिटल उत्घाटन कार्यक्रमलाई ओमसाई पाथिभरा हस्पिटलका प्रवन्ध निर्देशक बालकुमार पोखरेल, शिक्षाविध नरेन्द्र कुमार कार्की, हल्दिबारी मा.वि. का प्र.अ. टंक पाख्रिन, हल्दिबारी रेडक्रसका सचिव हरिकृष्ण अधिकारी लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो । हस्पिटलका अध्यक्ष कृष्ण प्रसाद प्रसाईंको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मंतव्य संस्थाका संचालक गंगा प्रसाईंले गर्नु भएको थियो भने कार्यक्रमको सहजिकरण संस्थाका सदस्य होम कार्कीले गर्नु भएको थियो । करिव १० करोडको लागतमा सुरु गरिएको हस्पिटल सुरु भए पछि आदिवासी, जनजातिको बाहुल्य रहेको यस क्षेत्रका निम्न बर्गका जनताले सेवा प्राप्त गर्ने हस्पिटलले जनाएको छ ।

हाल भाडाका घरमा सुरु गरिएको अस्पतालको सेवा २४ घण्टा विशेषज्ञ डाक्टरहरुको निगरानिमा रहने छ भने प्रत्येक दिन प्रसुति, बाल, फिजिसियन साथै महिनाको २ पल्ट मानसिक गोग विशेष्ज्ञ समेत सेवा दिन लागिएको हस्पिटलका अध्यक्ष कृष्ण प्रसाद प्रसाईले बताउनु भएको छ । हस्पिटल उत्घाटन कार्यक्रममा ओमसाई पाथिभरा हस्पिटलका टिमले निशुल्क चेकजाँच समेत गरेको थियो ।

 

 

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)