हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

यार्सा संकलक माथी चटयाङ, तीनजना घाइते

दार्चुला, ३१ बैशाख । दार्चुलामा चटयाङमा परेर तीनजना घाइते भएका छन् । यार्सगुम्बा संकलन गरिरहेका माथी चटयाङ पर्दा तीनजना घाइते हुन पुगेका हुन् । उनीहरुको अहिले उपचार भईरहेको छ ।

Advertisement

जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी ज्ञानेन्द्रबहादुर सिंहका अनुसार दुहुँ गाउँपालिका– १ पिपलचौरीका ३७ वर्षीय आनसिंह महरा र उनकी ३० वर्षीया श्रीमती मानमती महरा र सोही गाउँपालिका–२ हिकिलाका १८ वर्षीय महेश बडाल घाइते हुन पुगेका हुन् ।

Advertisement

यसअघि पनि यार्सा संकलन हिम पहिरोमा पुरिदाँ झन्डै आधा दर्जनको मृत्यु भएको थियो ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)