कला / साहित्य / चलचित्र
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

कबिता : “स्मृति”

आँसूले भिजेको यो बसुन्धरा
सम्हालेर राख तिम्रा कदमहरु,
सम्भव: सुकि सकेका होलान
तर!
सिसकिहरु तिमिलाइ हेर्दैछन,
छाया सरी तिम्रा ती यादहरुले
मेरा सारा पदचिह्नहरु पछ्याउँदै,
शेष शून्यमा जब बिलीन हुन्छन्
प्रेमिल मुस्कानको अनुभूति हुन्छ,
अनी!
त्यो अर्धभङ्गी सितारको झंकारले
मेरो अन्तर मानस नै तरंगित हुन्छ,
निशीको रात सरी कालो कपाल
बर्षंदै बादल मोतीका दानाहरु झैं,
रिमझिम रिमझिम त्यो मुसल बर्षा
अनी विभोरान्वित मिठो मुस्कान
जब सम्झिन्छु अतीतका ती क्षण
पुलकित हुन्छन द्वय विलोचनहरु,
आँसूले भिजेको यो बसुन्धरा
सम्हालेर राख तिम्रा कदमहरु।।
Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article