हल्दिबारी डटकम
Hover Ad Article
शिक्षा
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

हल्दिवारी ५ मा साईवर अपराध र कानुनी व्यवस्था सम्बन्धि अन्तर क्रिया सम्पन्न

जलथल (झापा ) ४ जेठ । हल्दीवारी गाउँपालिका वडा नम्बर ५ स्थित मोती आ.वी.मा प्रविधिको बढ्दो प्रयोग साईवर अपराध र कानुनी व्यवस्था सम्बन्धित एकदिवसीय कार्यक्रम सम्पन्न भएको छ ।

Advertisement

वडा कार्यालयको आर्थिक सहयोगमा सम्पन्न कार्यक्रमको सहजीकरण जन आन्दोलन साप्ताहिको रहेको थियोे भने प्राविधिक सहयोग जिल्ला प्रहरी कार्यालय झापाको रहेको थियो ।

Advertisement

वडा नम्बर ५ का अध्यक्ष खड्ग प्रसाद लावतीको प्रमुख आतिथ्य तथा जन आन्दोलन साप्ताहिककी सम्पादक इन्दु पुर्वेलीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मोती आ.वी., धनुषा आवी र न्यु इस्टार स्कुलका ५० छात्रछात्राको सहभागिता रहेको थियोे ।

कार्यक्रममा प्रमुख अतिथी खड्ग प्रसाद लावती , मोती आवीका प्र.अ. केदार प्रसाद सुवेदी ,वडा सचीव भजन बहादुर संग्राैला , प्रेस क्लब हल्दिवारी अध्यक्ष नेत्र बिक्रम बिमली लगायतले मन्तव्य राख्नु भएको थियोे ।

जिल्ला प्रहरी कार्यालय झापाकि प्रहरी निरीक्षक यसोदा घले सहितको टिमले साइवर अपराध र विद्यार्थीहरुलेकसरी सजग हुने भन्ने बिसयमा जानकारी गराउनु भएको थियोे ।

उक्त कार्यक्रमको औचित्य माथि कार्यक्रम कि अध्यक्ष समेत रहनु भएकी सम्पादक इन्दु पुर्वेलीले प्रकाश पार्नु भएको कार्यक्रमको सहजीकरण संचारकर्मी रेजिना गौतको रहेको थियोे ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)