हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

भद्रपुर प्रेस क्लबको कार्यालय भवन शिलान्यास

भद्रपुर । भद्रपुर प्रेस क्लबको आयोजनामा भद्रपुर नगरपालिकाको आर्थिक सहयोगमा दुई दिने आधारभूत पत्रकारिता तालिम तथा कार्यशाला सुरू गरिएको छ ।

Advertisement

क्लबका अध्यक्ष राजबाबु शंकरको अध्यक्षता तथा भद्रपुर नगर प्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्यमा नगरभित्र रहेका नव प्रवेशी एवम कृयाशील पत्रकारहरूको क्षमता अभिवृद्धि लक्षित गरेर तालिम सञ्चालन गरिएको हो ।

Advertisement

बरिष्ठ पत्रकार युवराज गौतमले प्रशिक्षण प्रदान गरिरहेको प्रशिक्षण कार्यक्रमको उद्घाटन शत्रमा नेपभल पत्रकार महासंघ झापा शाखा अध्यक्ष एकराज गिरी, कोशी प्रदेशा पूर्वा मन्त्री ओमप्रकाश सरावगी, भद्रपुर ८ का वडाध्यक्ष गौरव सुब्बा मनोज लगायतले शुभकामना मन्तव्य राखेका थिए भने भद्रपुरमा पत्रकारिता गरिरहेका २० जना बढी पत्रकारले प्रशिक्षणमा सहभागिता जनाएका छन् ।

यसै बीच भद्रपुर प्रेस क्लबको कार्यालय भवनको शिलान्यास गरिएको छ । भद्रपुर ८ स्थित नेपाल पत्रकार महासंघ झापा शाखा मातहतमा रहेको भवनको माथिल्लो तल्ला स्तर उन्नति गर्ने गरी क्लबको कार्यालय भवन शिलान्यास गरिएको हो । भवन निर्माणको थालनी भद्रपुर नगर प्रमुख गणेश पोखरेलले गरेका थिए ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)