हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

झापाकाे बुद्धशान्ति गाउँपालिका-३ मा एउटा जंगली हात्ती मृत फेला

बुद्धशान्ति गाउँपालिका- ३ झापामा एउटा जंगली हात्ती मृत फेला परेको छ । साबिक बुधबारे गाविस- ८ शितलचोकका एकजना किसानको खेतमा आज बिहान सो हात्ती मृत फेला परेको हो । करिव २५ वर्षको पोथी हात्तीको विद्युतीय करेन्टका कारण मृत्यु भएको हुनसक्ने आशंका गरिएको छ ।

Advertisement

हात्तीको मृत्युबारे अनुसन्धान गर्न कोशी टप्पुबाट टोली बोलाइएको डिभिजन वन कार्यालयका अधिकृत जीवन पाठकले बताए । यस वर्षमात्र झापामा विद्युतीय करेन्टका कारण दुईवटा हात्तीको मृत्यु भइसकेको छ । गत वर्ष तीनवटा हात्ती त्यसरी मारिएका थिए ।

Advertisement

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)