हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

श्री पाथीभरा कालिका सामुदायिक वन उपभोक्त समुहकाे आयाेजनामा जलथल जङ्गलमा “जङ्गल सफारी” कार्यक्रम सम्पन्न

अन्तर्राष्ट्रिय जैविक विविधता दिवसको अवसरमा श्री पाथीभरा कालिका सामुदायिक वन उपभोक्त समुहले जलथल जङ्गलमा जङ्गल सफारी कार्यक्रम सम्पन्न गरेको छ ।

Advertisement

हल्दिवारी गाउँपालिका उपाध्यक्ष लक्ष्मी देवी मैनाली ,वडा अध्यक्ष सन्तकुमार थापा , विभिन्न मिडियाका पत्रकार र सरोकारवालाको उक्त सफारी कार्यक्रममा सहभागिता रहेको थियो ।

Advertisement


जैविक विविधता भएको  जलथल जङ्गलको प्रचारप्रसार गर्ने उदेश्यले आजको कार्यक्रम राखिएको बन समुहका अध्यक्ष सागर  पोर्तेलले जानकारी दिएका थिए ।

हल्दिवारी ,बाह्रदशी ,कचनकवल गाउँपालिका तथा भद्रपुर नगरपालिकाको बिचमा ६३ सय हेक्टरमा फैलिएको जलथल जङ्गललाई संरक्षण  गर्नको लागि २२ वटा सामुदायिक बन उपभोक्ता समूह रहेका समेत छ्न । जलथल जङ्गललाई संरक्षण गर्ने उदेश्यले बिगत २ बर्ष देखी फरेस्ट एक्सन नेपालले काम गरिरहेको छ ।

जलथल जङ्गलमा २३० प्रजातिका चराहरु , २८ प्रजातीका स्तनधारी ,१४ प्रजातीका उभयचर र ३२ प्रजातीका सरिसृप पाइने फरेस्ट एक्सन नेपालका प्रमुख  डाक्टर लिलानाथ सर्माले जानकारी दिनु भएको छ । त्यसैगरी ४३ प्रजातिका माछ ,१५७ प्रजातिका पुतलीहरु समेत पाइने सर्माले बताउनु भएको छ ।

जैविक विविधता भएको जलथल जङ्गललाई बचाई राख्न बन समुहहरु ,सरोकारवाला ,स्थानीय सरकार साथै सुरक्षा निकायले बेलैमा ध्यान दिदै यहाँ हुने चोरी शिकारी ,तस्करी लाई रोक्दै पर्यटनको बिकास गरि अगाडि बडेमात्र  भावी पुस्ताले हामी प्रति गौरव गर्ने थिए कि ?

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)