विजनेश
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

नेपाल राष्ट्र बैङ्कका गभर्नर नेपाल बिदामा नबस्ने

नेपाल राष्ट्र बैङ्कका गभर्नर डा. चिरञ्जीवी नेपालको कार्यकाल सकिन १ महिना मात्र बाँकी भए पनि उनी बिदामा नबस्ने भएका छन् । कार्यकाल समाप्त हुन १ महिनाअघि गभर्नर बिदामा बस्ने प्रचलन छ ।

Advertisement

बिदा बस्नै पर्ने बाध्यकारी नियम नभए पनि दीर्घकालीन निर्णय गर्न उपयुक्त नहुने भएकाले बिदा बस्ने गरेको पाइन्छ । कतिपय गभर्नरहरु बिदा बसेका र कतिपय नबसकेका उदाहरण छन् ।

Advertisement

गभर्नर कार्यालयका अधिकारीका अनुसार डा. नेपालले बिदा नबस्ने सोच बनाएका छन् । अहिलेका अर्थमन्त्री डा.युवराज खतिवडा पनि राष्ट्र बैङ्कको गभर्नर हुँदा कार्याकाल सकिनुअगाडि बिदामा बसेका थिएनन् । गर्भनर डा.नेपालले केही दिनमै चालू आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा पनि गर्ने भएका छन् ।

डा.नेपालको पाँच वर्षे कार्याकाल सकिन अब १ महिना मात्र बाँकी छ । उनी वि.सं.२०७१ चैत ८ गते गभर्नर बनेका थिए ।सामान्यतया गभर्नरको कार्यकाल सकिन १ महिनाअगावै अगामी गभर्नरको नियुक्तिका लागि छनोट समिति गठन गर्ने चलन छ , तर, यसपटक भने सरकारले तयारीसमेत थालेको छैन ।

 

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article