हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

अमेरिकाले देश निल्ने खतरा बड्यो, प्रतिवाद गर्नुको बिकल्प छैन : सुमनसिंह

इलाम । नेत्र विक्रम चन्द “विप्लव” नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका मेची ब्युरो इन्चार्ज सुमनसिंह सी ले अमेरिकाले देश निल्ने खतरा बढेको भन्दै क्रान्तिकारी र देशभक्त शक्ति मिलेर प्रतिवाद गर्नुको विकल्प नरहेको बताएका छन्,।
हिजो इलाम सदरमुकाममा बसेको मेची ब्युरोको बिशेष बैठकमा पार्टिका मेची ब्युरो इन्चार्ज सुमनसिंह सीले यतिबेला नेपालमा अमेरिकी हस्तक्षेप उत्कर्समा पुग्दै गएको बताए । उनले एमसिसि हुंदै अमेरिकाले आफ्नो सैन्य उपस्थिति नेपालमा गराउने प्रयत्न गरिरहेको बताउंदै अमेरिकाले देश नै निल्न सक्ने खतरा बढेको विषय राखेका हुन्,।
पार्टि केन्द्रिय समितिको एकताको विशेष बैठक पछि बसेको मेची ब्युरोको बैठकमा इन्चार्ज सींहले अमेरिकी दलालहरु जनताको असन्तुष्टिलाई आफू अनुकुल घुमाउने र नेपालको राजनिती आफ्नो कब्जामा लिने खेलमा लागेको बताए ।
नेपालमा भुमण्डलिकृत पुंजिवाद आफ्नो सत्ता सुदृढ गर्न लागेको हुनाले देशभक्त र क्रान्तिकारिहरु एक हुन र मिलेर प्रतिवाद गर्नुको बिकल्प नभएको विषय राखेका हुन्, ।
भर्खरै भारतले आफ्नो अखण्ड भारतको नक्सामा नेपालको लुम्बिनी र कपिलवस्तुलाई समेटेको विषय आपत्तिजनक रहेको र भारतिय साम्राज्यवाद पनि नेपालमा अस्थिरता निम्त्याएर संसदिय ब्यवस्था प्रती जनताको असन्तुष्टिलाई आफ्नो अनुकुलको परिस्थिती सृजना गर्न आफ्ना दलालहरुलाई खटाउन थालेको बताए ।
उनले भने, – “देशको स्वाधिनताको निम्ति महासंग्रामको ढोका खोल्नु पर्छ । सबै जनता देशको मामलामा एक ठांउमा आउने गरि पार्टिले भुमिका खेल्नुपर्छ।”
Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)