हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

स्वास्थ्य पत्रकार समुहको पहलमा आँखा शिबिर सहित स्टेशनरी बितरण

जेठ १९ वीरगञ्ज । स्वास्थ्य पत्रकार समुह पर्साको पहलमा ठोरी गाउँपालिका ३ सिकारिवासमा रहेको श्री नेराप्रावी विध्यालयमा आँखा शिबिर तथा स्टेशनरी बितरण कार्यक्रम बिहीबार सम्पन्न गरेको छ । समुहका उपाध्यक्ष लालबाबु सिंहको अध्यक्षतामा भएको आँखा शिबिरमा किरण आँखा अस्पताल वीरगनञ्जले बिध्यार्थी तथा स्थानियको निशुल्क आँखा परिक्षण गरेको हो । बिहान ९ बजे देखि भएको शिबिरमा बिध्यार्थी सहित १०९ जनाको परिक्षण भएको अस्पालका संचालक डाक्टर अमर क्यालले जानकारी दिनु भयो । आँखा शिबिरमा समुहका सल्लाहाकार मनोज कुमार मिश्रले पनि सहयोग गरेका थिए ।

Advertisement

यसै बिच स्वास्थ्य पत्रकार समूहको पहलमा वडा नं. ०३मै रहेको श्री नेराप्रावी विधालयमा कक्षा शिशु देखि ५ सम्मका ४५ बिद्यार्थीहरुलाई ३ महिना पुग्ने स्टेशनरी सामाग्रीहरु वितरण गरिएको छ ।लायन्स क्लब आफ क्योरेटीभले उपलब्ध गराइएको एक हजार थान कपि, कलम, सिसाकलम, कटर लगायतका सामाग्री बितरण भएको समुहका अध्यक्ष राजेन्द्र सिंहले जानकारी दिनु भयो । सो अवसरमा विध्यालयका प्रधानाध्यापक नारायण कुमार श्रेष्ठ एवं विध्यालय व्यवस्थापन समितिका अध्यक्ष सुजित कुमार बस्नेत स्वास्थ्य पत्रकार समुहका उपाध्यक्ष लालबाबु सिंह,सल्लाहकार मनोज मिश्र,सदस्य राजकुमार सरार्फ, शिक्षक राजेश्वर कुमार श्रेष्ठ, सुशिला अर्याल, सगुन बस्नेत, किरण कुमारी,हिरामती देबि खवास लगायत स्थानिय अग्रज, महिला,युवाहरुको बाक्लो सहभागिता रहेको थियो ।

Advertisement

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)