हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

झापाको कचनकवलमा भारतिय पक्षको ज़्यादती, दशगजा क्षेत्रमा बिधुतीय साइरन जडान

बनियानी, झापा । झापाको कचनकवल गाउँपालिका वडा नं. १ को सिमावर्ती दशगजा क्षेत्रमा भारतले मनोपोली रुपमा बिधुतीय साइरन्स जडान गरिएको पाइएको छ । नेपाल भारत सिमा नियमको उल्लघन गर्दै भारतले कचनकवल गाउँपालिका वडा नं. १ घेराबारीको पिन्डलबारी देखी कद्दुभीट्टा करिब चार किलोमिटर दशगजा क्षेत्रमा बिधुतीय साइरन्स जडान गरेको हो ।

Advertisement

नेपाल भारत दशगजा भित्र नेपाली पक्षलाई थाहानै नदिइ भारतले बिधुतीय साइरन्स जडान गरेकोमा वडा नं. १ का वडा अध्यक्ष महाबिर लिम्बुले दुःख ब्यक्त गर्दै भारतिय पक्षको ज्यादती रोक्न सरकारले चासो दिनु पर्ने बताएका छन् ।

Advertisement

त्यसै गरि घेराबारी ससस्त्र क्याम्पका इन्चार्ज डि.एस.पी. देव बहादुर बोहोराले आफुले थाहा पाउने बितिक्कै आफ्नो माथिल्लो निकायमा जानकारी गराएको र भारतिय सिमा सुरक्षा बलका अधिकारीहरु संग सोध्दा हात्ति रोकथामको लागि भारतिय बन विभागले बिधुतीय साइरन्स जडान गरिएको बताएको उनले भने ।

दशगजा क्षेत्रमा बिधुतीय साइरन्स जडान सम्वन्धी समाचार संकलनमा गएका पत्रकारलाई समेत भारतिय एसएसबी सुरक्षा बलका कर्मचारीहरुबाट दुर्व्यवहार एवं क्यामेरामा कैद गरिएका फोटाहरु डिलिट गर्ने काम गरिएको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)