हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

हल्दिबारी वडा नं. १ द्वारा ३९ परिवारलाई निशुल्क स्वास्थ्य विमा

हल्दिबारी । हल्दिबारी गाउँपालिका वडा नं. १ ले सन्थाल, दलित र अति विपन्न परिवारका ३९ परिवारको निशुल्क स्वास्थ्य विमा गरिदिएको छ । वडा अध्यक्ष देवी बहादुर थापाका अनुसार चालु आर्थिक बर्ष ०७९/०८० को सिलिङ्गबाट ३९ घर परिवारलाई विमा गरिदिएको हो ।

Advertisement

वडाका निम्न आय भएका सन्थाल, दलित र अति विपन्न परिवारको पहिचान गरि आगामी बजेट मार्फत १०० जना पु¥याउने लक्ष लिएको अध्यक्ष थापाले बताए । प्रत्यक्ष स्वास्थ्य सम्वन्धि लाभ लिन सकिने र एकलाख सम्मको विमा हुने हुँदा सो समुहलाई राहत पुग्ने भएकोले नै पहिलो प्रथमिक्तामा राख्दै उनिहरुको विमा गरिएको थापाले बताए ।

Advertisement

वडामा रहेका ११ सन्थाल परिवार, १४ दलित परिवार र १४ विपन्न परिवारलाई विमा गरिदिएको वडाले आगामी बर्ष त्यो संख्या बढाएर १ सय पु¥याउने लक्ष लिएको छ । वडा अध्यक्ष थापा सहितको टिम गत साल निर्वाचित हुने वितिक्कै साउन देखी दश हजार लिटर खाने पानि निशुल्क गरेको थियो भने जेष्ठ नागरिक स्वास्थ्य सेवा घर दैलो कार्यक्रम समेत संचालन गर्दै आएको छ । त्यस्तै सामाजिक सुरक्षा भक्ता बैङ्क सम्म लिन आउन नसक्ने जेष्ठ नागरिकलाई घरघरमै पु¥याउने ब्यवस्था समेत बडाले गरेको पाइन्छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)